शिर छेदन गरेर मृत्युदण्ड दिइनुअघि जेलरकी दृष्टिविहीन छोरीलाई भ्यालेन्टाइनले पठाएका थिए पत्र 

Photo-NK
Photo-NK

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे हो। भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्नमा पाइन्छन्। त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ।

रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदण्ड दिइएको विश्वास गरिन्छ। तत्कालिन शासकले उनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्ष १४ फेब्रुवरीलाई विभिन्न  देशहरुमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाउँछन्। भ्यालेन्टाइन डेको पछाडि दुःखद इतिहास लुकेको छ।

सन् २७० मा रोमका शासक क्लउडिअस द्दितीय थिए। उनको शासन कालमा रोमनमा विभिन्न अलोकप्रिय र नरसंहार अभियान चलाइएका थिए। त्यसका लागि उनले सेनालाई एउटा मजबुदत अंग बनाउने निधो गरे।

ठूलो संख्यामा सेनामा माग भए पनि मानिसहरु अनिच्छुक देखिए। आफ्ना पत्नी र परिबारप्रतिको आशक्तिका कारण रोमनी पुरुष सेनामा भर्ति हुन अनिच्छा देखाएको उनले निष्कर्ष निकाले।

बिहे गरेपछि पुरुषको शक्ति नस्ट र बुद्धि भ्रष्ट हुने उनको मान्यता थियो। त्यसैलाई आधार मान्दै सन्की शासकले रोममा सम्पूर्ण विवाह र इन्गेजमेन्टमा रोक लगाए। क्लउडिअस घोषणाले सन्त भ्यालेनटाइनलाई असाह्य भयो। उनले क्लोडियसको विरोध मात्र गरेनन् युवा प्रेमी प्रेमिकालाई गोप्य रुपमा विवाह गर्न उक्साए।

उनको उक्साहटको पछि लागेर सेनालगायत केहीले विवाह गरे। सर्वसाधारण भड्काएको आरोपमा क्लउडिअसले भ्यालेन्टाइनलाई पक्राउ गर्न आदेश दिए। पक्राउको केही दिनमा नै उनलाई फाँसी सजाय सुनाइयो।

आदेश पाएको केही दिनमै भ्यालेन्टाइनले कारागारका जेलरकी दृष्टिविहीन छोरीलाई एउटा प्रेम पत्र लेखेका थिए। पत्रको अन्तमा उनलाई सम्बोधन गर्दै  फ्रम योर भ्यालेन्टाइन लेखेका थिए। मृत्यु हुनु केही घन्टाअघि उनले जेलरलाई भनेका थिए, ‘म मरेपछि मेरा आखाँ दृष्टिविहीन छोरीलाई दिनु।’

अन्ततः१४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई शिर छेदन गरेर मृत्युदण्ड  दिइएको थियो। उनको सम्झनामा सोही समयदेखि विश्वभरका उनका अनुयायीले भ्यालेन्टाइन डे मनाउन थालेका थिए। एजेन्सी

प्रकाशित मिति: : 2022-02-14 09:46:00

प्रतिकृया दिनुहोस्