किन मनाउने ‘भ्यालेन्टाइन डे’ ?

wallpaper flare
wallpaper flare

संसारको सबै सम्बन्ध प्रेमसँग जोडिएको छ। प्रेमबिना जीवन अपूरो छ। माया यस्तो चिज हो, जसलाई देख्न त सकिँदैन तर महसुस भने गर्न सकिन्छ। माया विश्वासको डोरी हो, जसलाई शब्दमा बयान गर्न सकिँदैन। अक्सर प्रेम गर्नेहरु आफ्नो माया प्रकट गर्न धेरै कोसिस गरिरहेका हुन्छन्।

प्रेम गर्नेहरुले माया गर्नका लागि कुनै दिन त कुर्नु पर्दैन तर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवसलाई भने विशेष मानिन्छ। यसदिन प्रेमिल जोडीहरुले एकअर्कालाई उपहार दिएर आफ्नो प्रेम व्यक्त गर्ने गर्छन्। भनिन्छ- भ्यालेन्टाइनको दिन राखेको प्रेम प्रस्ताव व्यर्थ लादैन। त्यसैले एकतर्फि माय गर्नेहरु यसै दिनको पर्खाइमा हुने गर्छन्।

किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’?

सबैले मनाइरहेको ‘भ्यालेन्टाइन डे’ कुनै दिन भने होइन। यो त चर्चका एक ‘पास्चर’ को नाम हो। जसले जोडीहरुको विवाह गराउने गर्थे।

रोममा इ.स. २६९ मा ‘क्लाडियस’ को शासन थियो। जसको सपना थियो, एक शक्तिशाली शासक बन्ने। त्यसका लागि उनले एक ठूलो संख्यामा सेना बनाएका थिए।

तर, उनले बनाएका सेनामा ती व्यक्ति सामेल भएनन्, जसको परिवार थियो। तब सेनाले एक नियम बनाए, जसनुसार भविष्यमा हुने सबै विवाह प्रतिबन्ध भए। त्यो नियमलाई कसैले स्वीकारेनन्। तर शासकको अगाडि कसैले मुख खोल्ने आँट पनि गरेनन्।

शासकको नियम पास्चर ‘सेन्थ भ्यालेन’ लाई पनि उचित लागेन। एकदिन उनीकहाँ एक जोडी आए। जो विवाह गर्न चाहन्थे। भ्यालेन्टाइनले उनीहरुको गुपचुपमा विवाह गराइदिए।

तर, त्यो कुरा शासकले थाहा पाए, त्यसपछि पास्चरलाई जेलमा थुनिदिए। जब पास्चर जेलमा थिए, उनलाई भेट्न आउने मान्छेले गुलाबका फूललगायत गिफ्टहरु ल्याउने गर्थे। जसको मतलब थियो– उनको माया र विश्वास।

अन्तिममा उनलाई मृत्युदण्डको सजाय सुनाइयाे। मृत्युदण्डको सजाय पाएका पास्चरको १४ ‘फेबअरी’ मा निधन भयो। उनले मृत्युदण्ड पाउनु पहिले प्रेमिल जोडीहरुका लागि एउटा चिठी लेखे। चिठीमा लेखिएको थियो– ‘फर्म हियर भ्यालेन्टाइन।’

प्रेम गर्नेहरुका लागि पास्चरले खुशीका साथ ज्यान गुमाए। भ्यालेन्टाइनको निधनपछि नै उनको यादमा ‘भ्यालेन्टाइन डे’ मनाउन थालियो।

प्रकाशित मिति: : 2024-02-14 11:50:00

प्रतिकृया दिनुहोस्