जापानी एफ-१५ लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

File Photo
File Photo

जनवरीमा बेपत्ता भएको जापानी एफ-१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो।अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ। उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो। 


 

प्रकाशित मिति: : 2022-02-13 12:47:00

प्रतिकृया दिनुहोस्