हिमपातले सुन्तलाका बिरुवा नष्ट

जाजरकोटमा लगातार दुई दिनसम्म परेको भारी हिमपातले कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको छ। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत बिभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट भएके छ।

दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले बताए। दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ। 

“केही दिन अगाडि दैनिक रु एक हजार २०० ज्याला दिएर सुन्तलाका बिरुवामा कलमी गरेका थियौँ, दुई दिनसम्मको हिमपातले प्लाष्टिकका टनेल थचारिएर सबै बिरुवा नष्ट भएका छन्”, मल्लले भने। हिमपातले ‘हाम्रो जेवी कृषि फार्म उद्योग’मा रहेका ६० देखि ७० हजारसम्म बिरुवा नष्ट भएको छ, भने ‘बाटापाखा हार्बिष्ट कृषि फार्म’का ५० देखि ६० हजार बिरुवा नष्ट भएका छन्। त्यसतै प्रगतिशील नर्सरी उद्योगका ४० देखि ५० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएका छन्।”

मल्लले दिएको जानकारीअनुसार ं‘प्रविण हिउँदे तथा वर्षे फलफूल नर्सरी’मा पनि हिउँले  क्षति गरेको छ। श

जिल्ला कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीका बिरुवा हिमपातले नष्ट भएपछि नर्सरी सञ्चालक तथा प्रोपराइटर चिन्तित भएका छन् ।

प्रकाशित मिति: : 2022-02-11 11:32:00

प्रतिकृया दिनुहोस्