सुनको मूल्य पाँच सयले बढ्यो

File Photo
File Photo

नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मुल्य भने स्थिर रहेकोे छ। बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएकाे महासंघले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-02-10 11:27:00

प्रतिकृया दिनुहोस्