पहिरोमा परी १४ को मृत्यु केही बेपत्ता

File photo
File photo

मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो। सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो ।

पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ। त्यस्तै पहिरोमा परेर केही नागरिक अझै पनि हराइरहेका छन् । उनीहरुको खोजीका लागि सुरक्षा तथा उद्धारकर्मीहरु परिचालन गरिएको छ।भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ। यहाँको प्रकोप नियन्त्रण विभागले नागरिकहरुलाई सतर्क रहन र घरबाट बाहिर ननिस्किन सूचना पनि जारी गरेको समाचारमा जनाइएको छ।
 

प्रकाशित मिति: : 2022-02-09 12:44:00

प्रतिकृया दिनुहोस्