प्रहरीले कपिलबस्तुको यशोधराबाट ५ हजार किलो भन्सार छलीको केराउ बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेका बेला भारतीय ट्रकसहित प्रहरीले उक्त केराउ बरामद गरेको हो।
प्रहरी चौकी मर्यादापुरबाट खटिएको प्रहरी टोलीले यूपी ५५ टी २२९५ नम्बरको भारतीय ट्रकसहित उक्त केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
प्रहरीले उक्त ट्रकको चालकलाई समेत नियन्त्रणमा लिएको छ।