पाकिस्तानमा अल्पसंख्यक माथि फेरी आक्रमण, अल्पसंख्यक संगठनद्वारा आक्रमणको निन्दा 

File Photo
File Photo

पाकिस्तानको पेशावरमा आइतबार अज्ञात आक्रमणकारीले दुई इसाई धर्मगुरुमाथि आक्रमण गरेका छन्। चर्चबाट फर्कने क्रममा उनीहरुले दुई जनाले कारमा अन्धाधुन्ध गोली चलाएको थियो। गोली लागेर घाइते भएका धर्मगुरु विलियम सिराजको मृत्यु भएको छ भने सहकर्मीको उपचार भइरहेको छ।

गोली प्रहारको जिम्मेवारी कसैले लिएको छैन। अल्पसंख्यक संस्था र विज्ञहरूले आक्रमणको निन्दा गरेका छन्। यस क्षेत्रमा पछिल्ला दिनहरूमा आतङ्ककारी हमलाहरू बढ्दै गएको छ। तीमध्ये अधिकांश तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) टीटीपीले आफूलाई अफगान तालिबानसँग सम्बद्ध रहेको दाबी गरेको छ।

 अल्पसंख्यकमाथि हुने आक्रमणमा सरकार मौन रहेको विज्ञहरूले आरोप लगाएका छन्। पाकिस्तानमा क्रिस्चियनहरूलाई ऐतिहासिक रूपमा दुर्व्यवहार, सीमान्तकृत र आक्रमण गरिएको छ। सन् २०१३ मा, आइतवार मासपछि पेशावरको एङ्ग्लिकन चर्च बाहिर आत्मघाती आक्रमणमा कम्तिमा ७८ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-02-08 07:49:00

प्रतिकृया दिनुहोस्