क्यान डिजी नियुक्तिमा आलेको मनलाग्दीले ७ सय अधिकृतको करिअर चौपट

आयोमेल

उपेन्द्र पाेखरेल
नेपाल नागरिक उड्‍डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीलाई नियुक्तिपत्र दिँदै मन्त्री आले।

१६ पुसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवमा प्रमुख अतिथि बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कार्यक्रममा अनुपस्थित कर्मचारीप्रति लक्षित गर्दै भनेका थिए, ‘उनीहरूको चाँडै हिसाब किताब हुन्छ।’ उनको ‘हिसाब किताब’ त्यसको ३५औँ दिनमै सार्वजनिक भयो, १२औँ तहका ६ अधिकृतलाई छाडेर ११ औँ तहका प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशक नियुक्त गरेर।

खासमा, वार्षिकोत्सवमा उनै अधिकारी अनुपस्थित थिए। र, अधिकारीलाई नै महानिर्देशक नियुक्त गरे, आलेले। जसका कारण प्राधिकरणका १२ औँ र ११ औँ तहसहित करिब सात सय अधिकृतको करिअर नराम्ररी प्रभावित भएको छ।

प्रकाशित मिति: : 2022-02-07 20:06:00

प्रतिकृया दिनुहोस्