टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

File photo
File photo

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ। टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिए। उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिए। शनिबार ट्वीट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताएका छन्।

उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन्। त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ।यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ। यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2022-02-06 15:33:00

प्रतिकृया दिनुहोस्