जाल्पा लघुवित्तकाे आइपिओ आजबाट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज (शुक्रबार)देखि आइपिओ बिक्री खुला गर्दैछ। लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ। २५ माघभित्र आइपिओ भरिसक्नुपर्नेछ। सी-आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ। 

प्रकाशित मिति: : 2022-02-04 08:18:00

प्रतिकृया दिनुहोस्