एमसीसी ल्याउन माओवादीकै भूमिका

हिमाल खबर

काठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा कृष्णबहादुर महरा अर्थ मन्त्री भएका वेला एमसीसीका लागि नेपाल–अमेरिकाबीच द्विपक्षीय वार्ता टाेली गठन भएको हो।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले बिहीबार माओवादी कर्णाली प्रदेश कमिटी बैठकमा मन्तव्य राख्दै कुनै हालतमा एमसीसी पारित गर्न नहुनेमा जोड दिए।

संघीय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पारित गर्नुपर्ने अडान लिइरहेका वेला माओवादी केन्द्रले एमसीसीको विरोध गर्दै आएको छ। दाहालकै निर्देशनमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद्‌मा एमसीसी कम्प्याक्ट (सम्झौता) टेबुल हुन नदिएको बुझ्न गाह्रो छैन। संसद्‌बाट अनुमोदन नभएकै कारण एमसीसी कार्यान्वयन (इन्ट्री इन्टु फोर्स) मा गएको छैन।

प्रकाशित मिति: : 2022-02-04 06:15:00

प्रतिकृया दिनुहोस्