सुदूरपश्चिम : १७२ मा सङ्क्रमण

बिएल संवाददाता

सुदूरपश्चिम
File photo
File photo

सुदूरपश्चिम प्रदेशमा बिहीबार थप १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३१९ जनाको नमूना परीक्षण गर्दा १७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआरमार्फत १९ र एन्टिजेनमार्फत १५३ जनामा पुष्टि भएको हो। गएको २४ घण्टामा प्रदेशभर २२४ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको मृत्यु भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ का ७४ वर्षीया महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। यसअघि बुधबार यस प्रदेशमा २०३ जनामा सङ्क्रमण पुष्टि हुँदा ५३ निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ। 

प्रकाशित मिति: : 2022-02-03 20:23:00

प्रतिकृया दिनुहोस्