सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

File Photo
File Photo

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ। बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-03 11:25:00

प्रतिकृया दिनुहोस्