नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ पाँच पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ र बिक्री दर १३५ रुपैयाँ ६८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७८ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसा छ।
स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८८ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ७० पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९४ पैसा र बिक्री दर नौ रुपैयाँ ९९ पैसा कायम भएको छ।