शनिबार, १२ जुलाई २०२५

एमाले लमजुङको पहिलो बैठक घलेगाउँमा

बिएल संवाददाता

बिएल संवाददाता

लमजुङ
2022-02-03 08:03:00
File Photo
• • •

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो बैठक स्मार्ट भिलेज घलेगाउँमा बस्ने भएको छ।

एमाले लमजुङको पदाधिकारीको बैठकले २८ माघमा क्व्होलासोंथर गाउँपालिका ३ मा रहेको स्मार्ट भिलेज घलेगाउँमा पहिलो बैठक बस्ने निर्णय गरेको हो। 

पहिलो बैठकले जिम्मेवारी बाँडफाँट, सचिवालय गठनलगायतको निर्णय गर्ने अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। अहिले जिम्मेवारी बाँडफाँट नभएकाले आफू रहेको भूगोलमा स्थानीय पालिका कमिटीसँग समन्वय गरी पार्टीको काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएको अध्यक्ष अधिकारीले बताए।

कोरोना संक्रमण जोखिम रहेकाले उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले तोकेको मापदण्डमा रहेर पार्टीका काम कारवाही अगाडि बढाउन पनि अनुरोध गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?