एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

File Photo
File Photo

साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ। नेप्सेका सबै परिसूचक हरियाली छाएको छ।

आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ। नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ। सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ।

आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ। आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ।

सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित मिति: : 2022-01-30 15:25:00

प्रतिकृया दिनुहोस्