होण्डुरसले पायो पहिलो महिला राष्ट्रपति

Photo : TEGUCIGALPA NEWS
Photo : TEGUCIGALPA NEWS

दक्षिण अमेरिकी मुलुक होण्डुरसमा पहिलो महिला राष्ट्रपतिले शपथ ग्रहण गरेकी छन्। प्रजातान्त्रिक समाजवादी पार्टीको उम्मेदवार बनेकी कास्त्रोले अत्यधिक बहुमतले राष्ट्रपतीय निर्वाचन जितेकी हुन्।

मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने, गरिवी निवारण गर्ने र गर्भपतन सम्बन्धी कानुनलाई थप लचिलो बनाउने नाराका साथ निर्वाचनमा होमिएकी उनले अत्यधिक बहुमत ल्याएकी हुन्। ‘स्वतन्त्र भएको दुई सय वर्षपछि बल्ल मुलुकले महिला राष्ट्रपति पाएको छ,’ उनले शपथ ग्रहणपछि बोल्दै भनिन।

उनको पार्टी फ्रिडम तथा रिफाउण्डेशनले निवर्तमान राष्ट्रपति ओर्लाण्डो हर्नाण्डेजको नेशनल पार्टीलाई हराएको हो। उनले प्राप्त गरेको १७ लाख भोट निर्वाचन प्रणालीअनुसार त्यहाँको ५१ प्रतिशत बढी हो।

कास्त्रो पूर्व राष्ट्रपति मानुएल जेलाएकी श्रीमती तथा पूर्व प्रथम महिला पनि हुन्। ६२ वर्षीया कास्त्रोका श्रीमान तथा पूर्व राष्ट्रपति जेलाए सन् २००९ मा भएको सैनिक ‘कू’ पछि सत्ताबाट हटाइएका थिए।

प्रकाशित मिति: : 2022-01-28 19:45:00

प्रतिकृया दिनुहोस्