२४ घण्टामा १० जनाको मृत्यु, ६ हजार ८२७ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गराउँदा ४ हजार ८ सय ७  र ६ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ३० गरी ६८ सय २७ जना नयाँ संक्रमित थप भएका हुन्।

२४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ।

प्रकाशित मिति: : 2022-01-28 16:24:00

प्रतिकृया दिनुहोस्