सुनको मूल्य ताेलामा ९०० रुपैयाँले घट्यो

File Photo
File Photo

सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ।

प्रकाशित मिति: : 2022-01-28 11:00:00

प्रतिकृया दिनुहोस्