बढ्यो सुनको मूल्य

File Photo
File Photo

बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो। महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2022-01-26 11:13:00

प्रतिकृया दिनुहोस्