‘नागिन’मा जोडिँदै ‘कोमोलिका’

फाइल तस्वीर
फाइल तस्वीर

भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरुमा चर्चित ‘कोमोलिका’ अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनः फर्किने भएकी छन्। यी अभिनेत्री अब दर्शकमाझ नागिनको रुपमा देखिँदैछिन्।

समाचारअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन्। उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन्। यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन्। उर्वशी ‘नागिन ६’मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन। त्यसो त उर्वशी अघि ‘नागिन ६’मा माहिरा शर्मा, रुबीना दिलैक, महक चहल, रिद्धिमा पण्डित जस्ता कैयौं टेलिभिजन अभिनेत्रीको नाम आएको थियो। तर ‘नागिन ६’मा को नागिन बन्दै छ भन्ने आधिकारिक घोषणा भने गरिएको छैन।
 

प्रकाशित मिति: : 2022-01-25 17:48:00

प्रतिकृया दिनुहोस्