हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

file photo
file photo

नेपाल राष्ट्र बैंकले  मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ  र बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७ ६ पैसा र बिक्री दर १३५रुपैयाँ ४४  पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५० पैसा  छ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ  कायम भएको छ।

प्रकाशित मिति: : 2022-01-25 10:59:00

प्रतिकृया दिनुहोस्