‘पुष्पा’को सफलतापछि अल्लूले बढाए पारिश्रमिक

द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन्। यही कारण उनले ‘पुष्पा स् द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन्। यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन्। उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन्।

फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ। लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ। एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन्।

अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन। किनकी उनीहरूलाई अल्लूको कामप्रति विश्वास छ।

फिल्म ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन्। उनले ‘पुष्पाः द रुल’का लागि चार करोड पारिश्रमिक लिने घोषणा गरिसकेकी छन्।

प्रकाशित मिति: : 2022-01-23 15:17:00

प्रतिकृया दिनुहोस्