नेपाल निजामती कर्मचारी संगठन राेल्पाकाे अध्यक्षमा हिमाल घर्तीमगर

Breaknlinks Nepali
Breaknlinks Nepali

नेपाल निजामती कर्मचारी संगठन राेल्पाकाे अध्यक्षमा हिमाल घर्तीमगर निर्वाचित भएका छन्।

शनिबार  लिबाङमा सम्पन्न ११ औँ जिल्ला अधिवेशनले घर्तीमगरकाे नेतृत्वमा नयाँ समिति गठन गरेको हो। अधिवेशनबाट उपाध्यक्ष खुलामा खुमबहादुर सार्की, उपाध्यक्ष महिला सीता त्रिपाठी, सचिव हरिभक्त खनाल, सह–सचिव ऋषिकेश केसी, काेषाध्यक्षमा बेदूराम आचार्य निर्वाचित भएका छन्।

संगठनको जिल्ला सदस्यहरूमा दिपेन्द्र बुढा, दले बानिया, हर्कराज घर्तीमगर, माेतिराज न्याैपाने, चाेलाकान्त पाण्डेलाई र मञ्जु वली छन्। अधिवेशनले झग बहादुर फेवाली र टाेपेन्द्र पाैडेललाई केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ।

एमाले केन्द्रीय सदस्य तथा राेल्पा सह–इन्चार्ज ईश्वरी जीएमकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा एमाले राेल्पाका उपाध्यक्ष विजय घर्तीमगर, नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय सदस्य तथा राेल्पा इन्चार्ज शीला मल्ल, एमाले राेल्पा नगरपालिका अध्यक्ष घनश्याम आचार्यलगायतकाे आतिथ्यता थियाे।

प्रकाशित मिति: : 2022-01-23 07:25:00

प्रतिकृया दिनुहोस्