थप १० हजार २५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

File Photo
File Photo

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जना गरी  १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी  पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। याेसंगै हालसम्म देशभर ११ हजार ६ सय ५१ जना सङ्क्रमितका मृत्यु भइसकेकाे छ।

यस्तै गत २४ घण्टामा ७०८ जना सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-01-22 16:09:00

प्रतिकृया दिनुहोस्