ओम हस्पिटल र नविल बैंकबीच सम्झौता

बिहीबार आयोजना भएको एक कार्यक्रमा ओम हस्पिटल र नविल बैंकबीचमा सजिलो दरमा उपचारमा हुने सम्झौता भएको छ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकुत अनिल केशरी शाहा र ओम अस्पतालका प्रमुख कार्यकारी अधिकुत यम बहादुर बीच सम्झौता भएको छ। सम्झौता अनुसार अब नबिल बैकंका ग्राहक, कर्मचारी, र परिवारजनले ओम अस्पतालमा सम्पूर्ण सेवाहरुमा विशेष छुट प्राप्त गर्नछन्।

यसका साथै नबिल बैंकले ओम अस्पतालका चिकित्सकहरु, र कर्मचारीहरुलाई बैकंको सेवाको लागि सजिलो र सरल बनाउने भएको छ। ओम अस्पताल नेपालको पहिलो टेष्ट टयुब बेबी शुरु गर्न अस्पताल हो। त्यस्तै नबिल बैंकले भने आफ्नो १३५ वटा शखाबाट बैंकको सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-01-21 12:20:00

प्रतिकृया दिनुहोस्