भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ। यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो। त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन्।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ। अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ।
केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन्।