लागुऔषध समात्न गएका प्रहरीलेनै मोबाइल चोरे 

फाइल तस्वीर
फाइल तस्वीर

कैलालीमा लागुऔषध समात्न गएका प्रहरी आफैले मोवाईल चोरेर हिडेको खुलेपछि २ जना प्रहरीनै पक्राउ परेका छन्। 
कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको पाइएको छ। 
जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालले मोबाइल चोरी गरेका हुन्।

बुधबार उक्त मोबाइल ग्यालरीमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। लागुऔषध कोरोबारीलाई पक्राउ गर्न गएका माल र बुडालले मोबाइल चोरी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले बताए।

प्रकाशित मिति: : 2022-01-21 09:53:00

प्रतिकृया दिनुहोस्