चिजमानको कोरिया अनुभवबाट जन्मिएको ‘सुखावती स्टोर’

देशसञ्चार

सपना न्‍यौपाने

फोहोर व्यवस्थापन र वातावरणीय सन्तुलनमा मद्दत पुर्‍याउने हेतुले विगत सात वर्षदेखि ‘सुखावती स्टोर’ले पुराना सामग्रीको मर्मत, सुधार र प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने गरेको छ।

किताब, फर्निचर, महिला, पुरुष तथा बच्चाका कपडा, खेलौना, टिभी, गमलासहित नर्सरीका सामान, फलफूल, विद्युतीय सामग्रीलगायतको व्यवस्थापन गर्दै आएको छ यस स्टोरले।

सुखावती स्टोरमा लुगाहरु दानका रुपमा लिने गरिन्छ। घरघरमै पिकअप गर्नसक्ने म्यानपावर नभएकाले लुगा दिन चाहनेले आफै पुर्‍याइदिन्छन्। सुखावतीको टिमले ६—७ वटा ड्रपबक्स पनि राखेको छ काठमाडौँका हात्तीवन हाउजिङ, नारायणस्थान, वनस्थली, भैंसेपाटी, नख्खिपोट लगायत ठाउँमा।  विभिन्न ठाउँमा। लुगा दिन चाहनेले उक्त ड्रपबक्समा लगेर राख्न पनि सक्छन्।

दानमा आएका लुगाहरु छानेर, सफा गरेर कपडाको अवस्था हेरेर बेच्न राखिन्छ, जहाँ न्यूनतम १० रुपैयाँदेखि ५०० रुपैयाँसम्म कपडाको मूल्य निर्धारण गरिएको छ।

प्रकाशित मिति: : 2022-01-20 22:12:00

प्रतिकृया दिनुहोस्