अखिलेशकी बुहारी अपर्णा यादव भाजपा प्रवेश

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - aajtak
Photo - aajtak

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवकी कान्छी बुहारी अपर्णा यादवले भारतीय जनता पार्टी (भाजपा) रोजेकी छिन्।

जेठाजु अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी परित्याग गरेर उनले बुधबार भाजपा प्रवेश गरेकी हुन्।

केन्द्रीय राजधानी दिल्लीमा प्रदेश अध्यक्ष स्वतन्त्रदेव सिंह र यूपीका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले अपर्णालाई पार्टीमा स्वागत गरेका छन्।

उनी लखनउबाट चुनाव लड्न चाहन्थिन्। तर सपा अध्यक्ष अखिलेशले परिवारका कुनै पनि सदस्यलाई चुनावमा टिकट नदिए बताएपछि भाजपा प्रवेश गरेकी हुन्।

भाजपा प्रवेश गर्दै उनले भनिन्, ‘म सधैं बीजेपीको विचारधाराबाट प्रभावित छु। प्रधानमन्त्री मोदी, सीएम योगी आदित्यनाथ, उपमुख्यमन्त्री केशव प्रसाद मौर्यलगायत अन्य पदाधिकारीहरूलाई धन्यवाद दिन्छु।’

आगामी मुख्यमन्त्रीका रूपमा हेरिएका जेठाजुबाटै विद्रोह गरेपछि यूपीका उपमुख्यमन्त्री मौर्यले अखिलेश आफ्नै घरमा असफल भएको आरोप लगाएका छन्। अपर्णा पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवका कान्छा छोरा प्रतीक यादवकी श्रीमति हुन्।

प्रकाशित मिति: : 2022-01-19 16:48:00

प्रतिकृया दिनुहोस्