नेपालमा कोरोना संक्रमण तीव्र, एकैदिन ११ हजार ३५२ जना संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

त्यसैगरी गत २४ घन्टामा कोरोनाबाट चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2022-01-19 16:32:00

प्रतिकृया दिनुहोस्