नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ।
बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो। तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो।
एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो। पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए।