कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

बिएल संवाददाता

नुर सुल्तान
File Photo
File Photo

कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ। इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो। ‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने। प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए।

मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन्। यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो। हिंसा चर्किदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थिय।  

प्रकाशित मिति: : 2022-01-18 15:02:00

प्रतिकृया दिनुहोस्