रक्सीले मातिएका युवकले जब पशु बलिको सट्टा साथीकै घाँटी काटिदिए...

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतको आन्ध्र प्रदेशमा पशु बलि दिने क्रममा एक युवकको ज्यान गएको छ।

गत आइतबार सङ्क्रान्तिको अवसरमा एक युवकले पशुको सट्टा साथीको घाँटी काटिदिएका छन्। घटना आन्ध्रस्थित चित्तूर जिल्लाको वालासपल्ले–यल्लम्माको हो। मन्दिर परिसरमा बोका समातेका ३५ वर्षीय सुरेशलाई चालपथीले पशुको सट्टा उनकै घाँटी काटिदिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

घाइते सुरेशलाई नजिकैको सरकारी अस्पताल भर्ना गरिएपनि मृत घोषणा गरिएको थियो। रक्सीले मातिएका बलि चढाउने चालपथीले पशुको सट्टा समात्ने सुरेशको घाँटीको हत्या गरेका हुन्।

प्रहरीले अभियुक्तलाई पक्राउ गरी उनीविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेको छ। मृतक सुरेश विवाहित हुन्। उनका दुई सन्तान छन्। अभियुक्तले सुरेशको घाँटी काट्ने बित्तिकै पूरै क्षेत्रमा अराजकता मच्चिएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर उनलाई पक्राउ गरेको हो।

हरेक वर्ष सङ्क्रान्तिको अवसरमा यसक्षेत्रका मानिसहरूले स्थानीय यल्लम्मा मन्दिरमा पशु बलि चढाउने गर्छन्। यसपटक पनि स्थानीयहरूले आफ्नो पशुलाई मन्दिर परिसरमा पालैपालो बलि दिइरहेका थिए।

स्थानीय स्रोतकाअनुसार चालपथी र मृतक सुरेश पनि बोका बलि दिन मन्दिर पुगेका थिए। रक्सीको नशामा मातेर चलपथीले बाख्राको सट्टा सुरेशको घाँटीमा खुकुरी प्रहार गरेको बताइएको छ।

प्रकाशित मिति: : 2022-01-18 13:29:00

प्रतिकृया दिनुहोस्