शनिबार, १२ जुलाई २०२५

प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता

बिएल संवाददाता

बिएल संवाददाता

इस्लामाबाद 
2022-01-18 12:37:00
File Photo
• • •

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन्। सो अवसरमा उनीहरु बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखका छन् , ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो। उनले पुटिन पहिलो पश्चिमी नेता हुन जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउछन्।“ दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ। खानले भने, हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाहरूबारे पनि छलफल गर्‍यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौँ।

सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेको  पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?