विवाह गरेको १८ वर्षपछि टुट्यो धनुष र ऐश्वर्याको सम्बन्ध

साउथ फिल्मका सुपरस्टार धनुष र ऐश्वर्या कान्तले 'डिभोर्स' गरेका छन्। 

विवाह गरेको १८ वर्षपछि उनीहरुले  डिभोर्स गरेका हुन्। मगंलबार सामाजिक सञ्जालमार्फत धनुषले डिभोर्सको कुरा जानकारी दिए।

उनले लेखेका छन्, '१८ साल हामी साथ रह्यौँ, जहाँ हामी साथी, जोडी र मातापिता बन्यौँ। यस यात्रामा हामीले धेरै कुरा देख्यौँ, आजदेखि हाम्रो बाटो अलग  हुदैछ, ऐश्वर्या र म जोडीबाट अलग हुदैछौँ, हाम्रो निर्णयलाई सम्मान गरिदिनु होला।' 

ऐश्वर्या सुपरस्टार रजनी कान्तकी छोरी हुन्। जसको विवाह २००४ मा धनुषसँग भएको थियो। 

त्यसबेला धनुष २१ वर्षका थिए।  आफूभन्दा २ वर्ष जेठी केटीसँग विवाह गरेका कारण धेरै मुद्धाहरु पनि उठे। जसलाई उनीहरुले वेवास्ता गरेर अगाडि बढेका थिए। उनीहरुको दुई छोरा छन्। जसको नाम यात्रा राजा र लिंगा राजा हो।

धनुष र ऐश्वर्याको पहिलोपटक कहाँ र कसरी भेट भएको थियो? 

चर्चित डायरेक्टर र प्रोडयूसर कस्तुरी राजाका छोरा धनुष र सुपरस्टार रजनीकी छोरीको पहिलो भेट फिल्मी तरिकामा भएको थियो। 

उनीहरुको पहिलो भेट धनुषको फिल्म 'काढल कोंडे' को रिलिज समयमा भएको थियो। धनुष आफनो परिवारका साथ सिनेमा हल गएका थिए, जहाँ रजनीकी छोरी पनि सामेल थिइन्।

सिनेमा मालिकले पहिलो पटक ऐश्वर्यालाई धनुषसँग भेटाएका थिए। जहाँ ऐश्वर्याले धनुषको अभिनय देखेर  कारण प्रशंसा गरेकी थिइन्। त्यसको भोलिपल्ट नै ऐश्वर्याले धनुषलाई फूलको गुच्छाका साथै एक नोट दिएर पठाएकी थिइन्। 

जुन कुरा धनुषलाई निकै मनपर्यो। तर त्यस समय उनीहरुबीच केही सम्बन्ध  थिएन। केही समयपछि ऐश्वर्या र धनुषको अफेयरको खबर बाहिरिन थाल्यो। जहाँ परिवारले उनीहरु एकअर्काको राम्रो जीवनसाथी हुने बताएका थिए। 

सम्बन्ध टुट्नुको कारण  ? 

रिपोर्टका अनुसार धनुष परिवारलाई भन्दा बढी महत्व आफनो कामलाई दिने गर्छन्। जसकारण उनी घरबाहिर नै बस्ने गथे। जुन कुरा ऐश्वर्यालाई मन परेको थिएन।  

प्रकाशित मिति: : 2022-01-18 13:06:00

प्रतिकृया दिनुहोस्