टोंगामा ज्वालामुखी बिस्फोटः क्षतिको विवरण बुझ्न न्युजिल्यान्डले पठायो विमान

file photo
file photo

प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन सकेको छैन्।

विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको र  विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको प्रारम्भिक विवरणमा जनाइएको छ। ज्वालामुखीले पुर्याएको क्षतिको मूल्यांकनका लागि न्युजील्यान्डले एउटा विमानसहितको टोली टोंगा तर्फ पठाएको छ।

शनिवार राजधानी नुकुआलोफाबाट करीब ६५ किलोमिटर उत्तरमा रहेको हुंगाटोंगा हुंगा आपाईमा विशाल विस्फोट भएको थियो। बिस्फोटको आवाज अमेरिका र जापानसम्म सुनिएको थियो। 

प्रकाशित मिति: : 2022-01-18 07:39:00

प्रतिकृया दिनुहोस्