अफगानिस्तानको बाघलान प्रान्तमा बम विष्फोट हुँदा २ जनाको मृत्यु

बिएल संवाददाता

अफगानिस्तान
File Photo
File Photo

अफगानिस्तानको बाघलान प्रान्तमा विगतका युद्धका क्रममा बिच्छाइएका उपकरण विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार प्रान्तीय राजधानी पुल-ए-खुमरी शहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार दिउँसो उक्त विष्फोट भएको हो।

गत सोमबार नान्गाहारको लालपुर जिल्लाको एक विद्यालय बाहिर विष्फोटक पदार्थ पड्किदा छ बालबालिका र एक  ब्यापारीको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-01-17 15:55:00

प्रतिकृया दिनुहोस्