सहज जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा ब्रेन्टफर्डमाथि ३–० गोलको सहज जित दर्ता गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो । 

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जिताउन फाबिन्हो, एलेक्स ओक्लडे–च्याम्बरलेन र ताकुमी मिनामिनोले एक–एक गोल गरे। फाबिन्होले खेलको ४४औँ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । 

६९औँ मिनेटमा च्याम्बरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए भने ७७औँ मिनेटमा मिनामिनोले गोल गरेपछि घरेलु टिम ३–० गोलले विजयी भयो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको लिभरपुलले २१ खेलमा ४५ अङ्क जोडेको छ। लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ११ अङ्कले पछाडि छ। सिटीले २२ खेलमा ५६ अङ्क बनाएको छ। पराजित ब्रेन्टफर्ड भने २३ अङ्कका साथ १४औँ स्थानमा छ ।

प्रकाशित मिति: : 2022-01-17 06:59:00

प्रतिकृया दिनुहोस्