थप ४६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हाे।

जसमध्ये पीसीआर परीक्षणबाट ३ हजार ७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा संक्रमण देखिएकाे छ।

त्यसैगरी गत २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको मन्त्रालय जनाएकाे छ। 

प्रकाशित मिति: : 2022-01-15 16:41:00

प्रतिकृया दिनुहोस्