‘ए मेरो हजुर-४’ काे टिजर सार्वजनिक

सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक भएको छ। १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्। 
 

प्रकाशित मिति: : 2022-01-14 12:54:00

प्रतिकृया दिनुहोस्