दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

file photo
file photo

भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ। दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ।

दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ। स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ।

दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ। भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।


 

प्रकाशित मिति: : 2022-01-13 21:54:00

प्रतिकृया दिनुहोस्