त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजीत गरेको छ। बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले ३-१ को सेटले डिफेण्डिङ च्याम्पियन गण्डकीलाई हराएको हो।
आर्मीको फाईनल प्रवेश जीवितै छ । पहिलो सेटमा आर्मी २५-१५ स्कोरले आफ्नो पक्षमा पार्यो। दोस्रो सेट जित्दै गण्डकीले लय समात्यो।
दोस्रो सेट २०-२५ सेटमा गुमाएको आर्मीले तेस्रो सेट २५-१५ को अवस्थामा जित्यो। दबावमा परेको गण्डकी प्रदेशले चौथो सेट २६-२४ मा आर्मीलाई दियो। गणेडकी भने फाइनल छिर्न प्रवेश गर्न सकस परेको छ।