फोहर व्यवस्थापनको काम कम चुनौतीपूर्ण छैन – सिलसिला आचार्य (भिडियो)

देशसञ्चार

पूर्णिमा बिक

पेप्सीकोलास्थित मनहरा खोला नजिकै चारैतिर जस्तापाताले घेरेको टहरो छ। टहरोभित्र ६/७ जना महिला–पुरुष काम गरिरहेका देखिन्छन्। कोही ट्रकमा फोहर लोड गर्दै थिए। कोही फोहरलाई छुट्याउँदै त कोही आफ्ना नानीबाबुलाई स्तनपान गराइरहेका देखिन्थे। सबै आआफ्नो काममा निकै व्यस्त।

उनीहरु फोहर छान्ने काम गर्छन्। उनीहरुले छानेर तयार पारेको फोहर ‘रि–साइक्लिङ’ का लागि बेचिन्छ। योग्य सामानलाई ‘रि–साइक्लिङ’ का लागि विभिन्न कम्पनीमा पठाइने अभ्नी भेञ्चरका सह–सञ्चालक तथा निर्देशक सिलसिला आचार्य बताउँछिन्। ‘घर, अस्पताललगायतका ठाउँबाट संकलित फोहर यहाँ ल्याउँछौँ। यहाँ ल्याइएको फोहरबाट अर्को फोहर छुट्याइन्छ। फोहरबाट प्लास्टिक, प्लास्टिक बोतल, कागज, कपडा, फलाम, टिनलगायतका बेच्न मिल्ने चिजहरु झिकिन्छ’, उनले ट्रकलाई देखाउँदै भनिन्, ‘काम नलाग्ने चिज यसरी ट्रकमा लोड गरेर ल्याण्डफिल्ड साइटमा पठाउँछौं।’

प्रकाशित मिति: : 2022-01-13 18:25:00

प्रतिकृया दिनुहोस्