सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

file photo
file photo

सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।
 

प्रकाशित मिति: : 2022-01-13 18:08:00

प्रतिकृया दिनुहोस्