अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको बेक्रअप !

File Photo
File Photo

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन्। यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन्। तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ। उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन्।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन्। उनी पूर्ण रुपमा आइसोलेसनमा छिन्। उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन्। अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन्।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए। जबकी रिहा मलाइकाको छिमेकी हुन्। डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन्। अक्सर डिनर भेटमा मलाइका  रिहासँग भेट्न जाने गर्थिन्। ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन्। त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2022-01-12 14:32:00

प्रतिकृया दिनुहोस्