डाक्टरी पेशा र देश छाड्न बाध्य पार्ने त्यो घटना‍‍‌

हिमाल खबर

काठमाडौँ

“मेरो जीवनमा घटेको त्यो घटनाका कारण मैले देश मात्र होइन, पेशा नै छोड्न बाध्य भएँ,” डा. अमित रिजालले भने। यति बोल्दा ४४ वर्षीय डा. रिजालको अनुहार मलिन भयो, आँखामा पीडाका आँशु टिलपिलाए।

काठमाडौंको ओम अस्पताल तथा रिसर्च सेन्टरका पूर्व सिनियर मेडिकल अफिसर डा. रिजाल केही दिनअघि यूरोपको दक्षिण-पूर्वी देश रोमानियाबाट नेपाल आएका छन्। आफन्त भेटघाटमा आएका उनले देश र पेशा नै छोड्नुको कारण भने अहिलेसम्म कसैलाई सुनाएका थिएनन्।

के थियो त त्यो घटना, जसले उनलाई देश र पेशा छोड्न बाध्य पार्‍यो?

१५ वर्षअघि अर्थात् २०६३ सालको माघ अन्त्यतिर हो। एक रात उनी ओम अस्पतालमा ‘अन-कल ड्युटी’ (आवश्यक पर्दा जुनसुकै समयमा पनि हाजिर हुनुपर्ने)मा थिए। त्यसैले अस्पतालकै क्याबिनमा सुतिरहेका थिए। एकाएक उनको मोबाइलमा घण्टी बज्यो। उठाउने बित्तिकै नर्सले आकस्मिक शल्यक्रियाका लागि बोलाइन्।
 

प्रकाशित मिति: : 2022-01-11 10:17:00

प्रतिकृया दिनुहोस्