‘जी ले जरा’मा कटरीनाको अपोजिट विकी

एक्सल इन्टरटेनमेन्ट र टाइगर बेबीले निर्माण गर्ने फिल्म ‘जी ले जरा’मा अभिनेता विकी कौशल जोडिने भएका छन्। फरहान अख्तरको निर्देशन रहने यात्राको कथा समेटिने फिल्ममा यसअघि अभिनेत्रीहरुमा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट फाइनल भइसकेका छन्।

फिल्ममा फरहानले पनि अभिनय गर्नेछन् । फरहान र टिमले अभिनेता विकीलाई अभिनयको प्रस्ताव गरेका छन्। ‘विकी कौशललाई फिल्ममा कटरीना कैफको अपोजिटमा कास्ट गर्ने योजना बनाइएको छ।

त्यसका लागि उनीहरुले विकीलाई प्रस्ताव पनि लाँदैछन्। यदि विकीले अभिनयको लागि स्वीकृति दिए भने विकी र कटरीना विवाह पछि पहिलोपटक एकसाथ यो फिल्ममा रोमान्स गर्नेछन्। जसकारण फिल्मको प्रमोसन गर्न सजिलो हुनेछ’, फिल्म निकट स्रोतले भनेको छ।

प्रकाशित मिति: : 2022-01-11 09:51:00

प्रतिकृया दिनुहोस्