फिल्म ‘परस्त्री’ का लागि कलाकारको खोजी, नयाँ अनुहारलाई प्राथमिकता दिइन

डि.एस डिजिटल प्रालीले निर्माण गर्न लागेको चलचित्र ‘परस्त्री’को लागी नयाँ कलाकार छनौट गर्ने भएको छ।

फिल्मका लागि नयाँ अुहारको खोजी भइरहेको निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन्। फिल्ममा मुख्य भूूमिका निभाउने अभिनेताको उमेर २२ देखि २७ वर्षको हुनेपर्ने र अभिनेत्रीको उमेर भने २२ देखि ३० वर्षको हुनुपर्ने बताइएको छ।

त्यस्तै सहायक नायिकाको उमेर भने २० देखि २५ वर्षको हुनुपर्नेछ। फिल्मका लागि आवेदन दिनहरुले ‘बायो डाटा’ र फोटो ‘मेल’ गर्नुपर्नेछ। उक्त मेलबाट छनौटमा परेका व्यक्तिलाई मात्र अडिशनका लागी बोलाइने छ।

प्रकाशित मिति: : 2022-01-10 17:26:00

प्रतिकृया दिनुहोस्